यो ढिलो आउने निद्रा कुर्दै
जो आफ्नो होइन उसलाई सम्झदै
श्रावणको वर्षातमा
अध्यारो रातमा
मोबाइल फोन लिएर हातमा
फेरि पनि तेहि छानोको
कविता लेख्दैछु
जुन मैले टाल्न सकिन
आफ्नै
अल्छि पनको कारण
र जिस्काइ रहेछन्
पानीको थोपाहरु
फेरि पनि
तपक तपक
पटक पटक
जस्लाई हेरेर बस्नु
बाहेक म सङ्ग
विकल्प छैन