धेरै शब्द र पात्र नि छैनन
न चित्र कोर्ने ढङ्ग छ
न भर्नलाई रङ्ग छ
निवन्दको कुनै शिर्षक य पत्र नि छैन्
तेसैले त मलाई कविता लेख्न मनपर्छ
छोटै शब्दमा
देश लेख्न पाउछु
भेष लेख्न पाउछु
उस्को आँखा उस्को मुस्कान उस्को
केश लेख्न पाउछु
दिनको हरेक प्रहर भन्न पाउछु
गाउ शहर भन्न पाउछु
इछ्या अनि रहर भन्न पाउछु
बिना रङ्ग कसैको चित्र बनाउन सक्छु
गल्ली अनि चोकहरुलाई मित्र बनाउन सक्छु
भित्ताहरुलाई कान दिनसक्छु
फोटोहरुलाई ज्यान दिनसक्छु
छानाबाट चुहिएको पानीहरुले
जिस्काउने मौका पाउँछ्न
हावाहरुले बिच्काउने मौका पाउँछन
पानी पार्छु अनि आफै छाता लेराउछु
आफै भिज्छु आफै आफै रमाउछु
पेन्डुलम सङ्ग हल्ली दिनसक्छु
दियो बनेर बली दिनसक्छु
मर्भुमिमा पहिरो बनाउन सक्छु
बिना अर्थ गहिरो बनाउन सक्छु
सानो झोलामा संसार अटाउनसक्छु
महाभारतबाट युद्द हटाउनसक्छु
नदेखेको सपना लेख्दिन्सक्छु
आवाजहरु देख्दिन सक्छु
तेसैले त मलाई कविता लेख्न मनपर्छ
मेरो कवितामा परिवार आउछन्
बिना बसन्त बहार आउछ्न्
उनी आउछिन
उनको मुस्कान आउछ
आहा आउछ
व वा आउछ
केहि आफ्नाहरुले
एउटा छवी बनाउछन्
आफु कविता बन्छन
मलाई कवी बनाउछन
तेसैले त मलाई कविता लेख्न मनपर्छ